logo-img

किसानलाई मल दिन माग गर्दै प्रदर्शन
फाइल तस्बिर

नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघले किसानलाई समयमा नै रासायनिक मल दिन माग गर्दै विरोध प्रदर्शन गरेको छ । शुक्रबार संगठनले काठमाडौंको रत्नपार्कमा किसानलाई समयमा नै रासायनिक मल दिन माग गर्दै विरोध प्रदर्शन गरेको हो । 

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले किसानलाई उपलब्ध हुने सरकारी अनुदानमा युरिया मलमा प्रतिकेजी ८० रुपैयाँलाई ६४ रुपैयाँमा घटाएको, डिएपी मलमा प्रतिकेजी ५९ रुपैयाँलाई ५२ रुपैयाँमा घटाएको, पोटासमा ५८ रुपैयाँलाई ४६ रुपैयाँमा घटाएको भन्दै विरोध जनाएका छन् । 

रासायनिक मलमा गरिएको मूल्यवृद्धि र अनुदान कटौतिको विरोधमा देशभरका किसानहरूले संघर्ष गरेपछि वर्तमान सरकार यथा स्थितिमा राख्न बाध्य भएको भन्दै समयमा सुपथ मूल्यमा मल उपलब्ध गराउन नसक्ने नेपाली कांग्रेसको समर्थन प्राप्त सरकारलाई सिंहदरबार कब्जा गरेर बस्ने अधिकार नरहेको बताएको छ । 



उनीहरूले निजी बैंक र श्रोत नखुलेको सम्पती राष्ट्रियकरण गर्नुपर्ने, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई हदैसम्मको कारबाही गर्नुपर्ने लगायतका माग राखेर विरोध जनाएका हुन् । नेमकिपाले नेपालमै रासायनिक मल कारखाना स्थापना गर, तीन प्रतिशतको मत सीमा खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, देशघाती नागरिकता विधेयक खारेज गर लगायतका प्लेकार्डबोही विरोध जनाएका थिए ।  





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार १७:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया