भारत भ्रमणमा रहेका प्रधानमन्त्रीको यस्तो छ आजको भ्रमण तालिका

चार दिने भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतमा रहेका छन् । उनले आज  मध्य प्रदेशको उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्ने तालिका रहेको छ ।

उक्त मन्दिरमा प्रधानमन्त्री प्रचण्डको ‘अति विशिष्ट प्रोटोकल’ का कारण मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घण्टासम्म सर्वसाधारणलाई भने पूजाअर्चनामा रोक लगाइएको छ ।

शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो । मन्दिरमा पूजा गरिसकेपछि प्रधानमन्त्री इन्दोर प्रस्थान गर्ने तालिका रहेको छ । 





  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार ७:२४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया