राष्ट्रिय हितविपरीत भारतसँग सम्झौता नगर्न प्रधानमन्त्रीलाई खेलकुद महासंघको सुझाव

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय हितविपरित सम्झौता नगर्न नेपाल खेलकुद महासंघ (नेकोस)ले ध्यानाकर्षण गराएको छ । नुवाकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकोसका अध्यक्ष पर्शुराम बस्नेतले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय हितविपरीत कुनै पनि सम्झौता नगर्न सुझाव दिएका हुन् ।

बुधबारबाट प्रधानमन्त्री दाहाल चार दिने भारत भ्रमणमा छन् । त्यहाँ उनको विभिन्न निकायमा विशिष्ट भेटवार्ता तथा सम्झौता गर्ने क्रम जारी रहेको छ । अध्यक्ष बस्नेतले प्रधानमन्त्री प्रचण्डले स्वार्थको लागि कुनै राष्ट्रिय हितविपरीत सम्झौता गरे कडा प्रतिकारमा उत्रने चेतावनीसमेत दिए । 

आज नेपाल खेलकुद महासंघ नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बस्नेतले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको आफ्नै भूभाग भएकोले भारतलाई दाबी छोड्न अनुरोधसमेत गरे । उनले नेपालका केही भूभाग समेटेर नक्सा जारी गरिएको खबरले नेकासको गम्भीर ध्यानाकर्षण भएको समेत बताए ।

नेपालका समसामयिक विषयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतसहित केन्द्रीय नेताहरूले सम्बोधन गरेको केन्द्रीय सचिव एवं प्रवक्ता तीर्थ बहादुर खड्काले जानकारी दिए । प्रवक्ता खड्काका अनुसार पत्रकार सम्मेलनमा नागरिकता विधेयक प्रमाणीकरणलगायत सरकारका केही निर्णयमा पुनर्विचार गराउन दबाब दिने विषयमा पनि छलफल भएको बताए ।

उनले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्य तथ्य छानबिन गरी संलग्न दोषीलाई कानुनी दायरामा ल्याउनसमेत माग गरेको बताए ।  





  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार २१:२४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया