दीपक मनाङेकाे फिल्मका लागि मुख्य अभिनेत्री खोजिँदै

निर्माणको तयारीमा रहेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आह्वान गरेको हो ।

फिल्ममा यसअघि रिलिज भएको फिल्म ‘लाखे’बाट प्रशंसा बटुलेका निर्देशक सम्राट बस्नेतको निर्देशन रहनेछ । उनी द्वन्द्व निर्देशक पनि हुन् । निर्देशक बस्नेतका अनुसार अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो basnetsamrat99@gmail.com वा ह्वाट्सएप नम्बर ७७९८४३८३२४४ मा पठाउनुपर्नेछ । उनले यो समयसीमा असार ७ गतेसम्म रहेको बताए ।

निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै फिल्मका लागि चाहिने सात कलाकारका लागि अडिसन आह्वान गरेको थियो । जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ ।

यो अडिसनमा १ सय ५१ जना सहभागी थिए । दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

उत्तरगया म्युजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्काे ब्यानरमा बन्ने फिल्ममा न्यु लक्ष्मी ज्वेलर्स (युके)को सहकार्य हुनेछ । राजीव गुरुङ (दीपक मनाङे)को प्रस्तुतिमा निर्माण हुने फिल्ममा कलाकारका रुपमा सांसद राजीव गुरुङ (दीपक मनाङे), सविन श्रेष्ठ यसअघि नै फाइनल भइसकेका छन् ।

फिल्मको निर्मातामा धनबहादुर गुरुङ (डिबी), टीकाराम भण्डारी, समीर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) छन् । फिल्ममा अभिनेता सविन श्रेष्ठ कार्यकारी निर्माता छन् ।





  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार १८:३६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया