निजामती कर्मचारीलाई टिकटक बनाउन प्रतिबन्ध !

अब सरकारी कर्मचारीले टिकटक बनाउन नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक बनाउन प्रतिबन्ध लगाएको हो । 

निजामती कर्मचारीलाई कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको हो । 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले भने, ‘कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौँ ।’

यदि निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरी टिकटक बनाएमा अनुशासन नियमअन्तर्गत कारबाही चलाइनेछ । 

टिकटकमा निजामती कर्मचारी उच्छृंखल भएको भन्दै गुनासो आएपछि मन्त्रालयले उक्त कदम चालेको हो । 





  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार २१:३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया