logo-img

प्रचण्ड-बाबुरामविरुद्धको मुद्दा न्यायाधीश सपना मल्लको बेञ्चमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

तत्कालीन विद्रोही माओवादीले बालसेनाको रूपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै लेनिन विष्टले दाहाल र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । प्रचण्ड र भट्टराईको मुद्दाको रिटको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको बेन्चमा परेको छ । 

सशस्त्र युद्धताका बालसेना विष्टपछि अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका थिए । यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरूप निरुपण हुने भन्दै दरपीठ गरिदिएको थियो ।  

दरपीठविरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार आइतबार रिट दर्ता भएको हो ।  





  • प्रकाशित मिति : जेठ ३०, २०८० मंगलबार ११:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया