प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण भिजिबिलिटी कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका अनुसार अहिले विराटनगर, जनकपुर, सिमरा, पोखरालगायतको विमानस्थलको उडान रद्द गरिएको छ ।

काठमाडौंबाट सिमराका लागि आज साँझ तय गरिएका दुई उडान रद्द गरिएको छ भने विराटनगरबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज उतै फर्किएको छ । धनगढीबाट काठमाडौं आएका जहाज पनि लामोसमयको होल्डपछि काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

यस वर्षको मनसुन प्रणाली आज नेपालको कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू–भागमा आगमन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जसका कारण काठमाडौंमा साँझपखदेखि अहिले पनि निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंको आकाशमा पूर्ण बदली रहेको छ ।





  • प्रकाशित मिति : जेठ ३१, २०८० बुधबार २०:२९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया