logo-img

नेपालमा अवैधरूपमा औषधि पसल चलाउने ९ भारतीय नागरिक पक्राउ

कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरूपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरूपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दै आएका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए । 

‘नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ, उनीहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ,’ उनले भने ।



पक्राउपर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तिक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन् ।  





  • प्रकाशित मिति : जेठ ३२, २०८० बिहीबार ७:१२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया