मन्त्री किरातीमाथि खनिए प्रेम आले, भ्रष्टाचारी र ढुकुटी चोरको संरक्षक बनेको आरोप
फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबिन गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्रीले लुकाएको आरोप लगाएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले  पर्यटनमन्त्रीमाथि यस्तो आरोप लगाएका हुन् । 

‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिरेको छ । २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । प्रतिवेदनले सत्यतथ्य पत्ता लगायो,’ आलेले भने, ‘तर पर्यटनमन्त्रीले तार काट्ने मुसालाई नसमातोर उल्टै छानबिन समितिका संयोजक देवी बराललाई पुरस्कार स्वरूप हटाउने काम गरियो । प्रतिवेदन लुकाइयो ।’ 

पूर्वमन्त्री समेत रहेका आलेले पर्यटनमन्त्रीले विचौलिया पोसेको पनि आरोप लगाए । गोठाटारको ५३५ रोपनी जग्गामध्ये ३१ रोपनी जग्गा विचौलियासँगको मिलेमतोमा अपचलन गरी उनैलाई कोषको सदस्य बनाएको उनको भनाइ छ । गोठाटार जग्गाको सत्यतथ्य रिपोर्ट ल्याउनेलाई हटाउने प्रयास भइरहेको सांसद आलेको आरोप छ ।

‘गोठाटारको ५३५ रोपनी जग्गामध्ये ३१ रोपनी जग्गा विचौलिया मिलेमतोमा अपचलन गरी उनैलाई कोषको सदस्यमा नियुक्ति दिएको छ । गोठाटार जग्गाको सत्यतथ्य रिपोर्ट ल्याउनेलाई हटाउन जेठ २६ गते स्पष्टीकरण सोधिएको छ,’ आलेले भने, ‘नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड महालेखाको प्रतिवेदनमा देखिएको छ । कुल ऋण ५० अर्ब नाघेको छ । तर, तीन महिनामा ३ अर्ब कमायो भनेर पर्यटनमन्त्रीले झुट बोलेको सुनियो । आजको दिनमा जनतालाई झुट बोल्न पाइँदैन । संसदमा स्पष्ट जानकारी गराइयोस् ।’

उनले नेपाल वायुसेवा निगम नाफा कमायो भनेर झुटो बोलेको पनि आरोप लगाए । 



‘नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड महालेखाको प्रतिवेदनमा देखिएको छ । ऋण ५० अर्ब नाघेको छ । तर, तीन महिनामा ३ अर्ब कमायो भनेर पर्यटनमन्त्रीले झुटो बोले । संसदमा स्पष्ट जानकारी गराइयोस्,’ आलेले भने । 



  • प्रकाशित मिति : जेठ ३२, २०८० बिहीबार १२:१४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया