काठमाडौंमा ‘मिनी अस्ट्रेलिया कार्निभल’ सुरु

काठमाडौंमा युनिक्याम्पस ग्लोबल र मिनी अस्ट्रेलियाको सहकार्यमा ‘मिनी अस्ट्रेलिया कार्निभल’ आयोजना भएको छ । 

पुतलीसडकस्थित युनिक्याम्पस ग्लोबलको प्राङ्गणमा मनोरञ्जन, संगीत र विदेश अध्ययनकालागि शानदार उत्सवको रूपमा परिचित ‘मिनी अष्ट्रेलिया कार्निभल’ आज र भोली (शुक्रबार) साँझसम्म सञ्चालन गरिने आयोजकले जनाएका छन् । 

कार्यक्रममा विशेषगरी युवापुस्ताको उलेख्य उपस्थिती देख्न सकिन्छ । कार्यक्रममा अस्ट्रेलियाली संस्कृति, मनोरञ्जन र शैक्षिक अवसरहरूको उत्कृष्ट प्रदर्शन गरिएको छ ।

यस्तै, मिनी अस्ट्रेलिया कार्निभल मनोरञ्जनको केन्द्रविन्दु रहेको छ । कार्यक्रममार्फत सहभागीलाई मोहित पार्ने र रमाइलो प्रदान गर्ने प्रयास गरिएको छ । प्रख्यात स्ट्यान्ड–अप कमेडियन सज्जन श्रेष्ठ र विशाल गौतमको प्रस्तुतिले कार्यक्रममा उपस्थित सबैलाई मनोरञ्जन दिइरहेका छन् ।

मनोरञ्जनका अतिरिक्त, मिनी अष्ट्रेलिया कार्निभलले स्थानीय प्रतिभाहरूलाई उनीहरूको कला, शैली र रचनात्मकता प्रदर्शन गर्नसमेत सुनौलो अवसर प्रदान गरेको छ । सहभागीहरूका लागि अन्तरक्रियात्मक खेल र गतिविधि प्रस्तुत गरिनुका साथै आकर्षक उपहार र पुरस्कार पनि प्रदान गरिएको छ । 



अष्ट्रेलियामा अध्ययनका लागि आधिकारिक र उपयोगी जानकारी खोज्नेहरूकालागि पनि यो कार्निभल विशेष उपयोगी हुने आयोजकको भनाइ छ ।

 



 

  • प्रकाशित मिति : जेठ ३२, २०८० बिहीबार १७:५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया