logo-img

धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला : मेयर साम्पाङ

जानकी भारतकी छोरी भएको भन्ने संवादले विवादित बनिरहेको भारतीय चलचित्र आदिपुरुषलाई  सुनसरीको धरान उपमहानगरपालिका भित्र प्रदर्शन नगर्न मेयर हर्क साम्पाङले आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला ।’ उपमहानगरपालिकाका मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका फिल्म प्रदर्शन नगर्न आग्रह गरेका हुन् । 

फिल्म नसच्याए सम्म नेपालमा हिन्दी चलचित्र रोक्ने भन्दै काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिका भित्र अन्य हिन्दी चलचित्र प्रदर्शनमा समेत रोक लगाइएको छ । 







  • प्रकाशित मिति : असार ४, २०८० साेमबार १२:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया