बझाङ दुर्घटना : मन्त्री सिंहकाे अवस्था अत्यन्तै गम्भीर, श्रीमतीसहित दुईको मृत्यु

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

दुर्घटनामा मन्त्री सिंहकी श्रीमती ५० वर्षीय अमृतादेवी सिंह र भाउजू ६५ वर्षीय जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मन्त्री सिंहको अवस्था अत्यन्तै गम्भीर रहेको प्रहरीले जनाएको छ।

मन्त्री सिंहसहित उनका पिएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ। 

प्रदेश सरकारको ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो।

डडेल्धुराबाट चैनपुर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंह सवार गाडी एक्कासि सडकबाट करिब ५० मिटर तल कालङगा नदीको किनारमा खसेर दुर्घटना भएको हो। 

तत्काल प्रहरी टोली घटनास्थलमा खटिएर उद्वार गरी घाइतेलाई उपचारको लागि रितु पोलिक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङमा पुर्याएको थियो ।





  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार १६:३६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया