logo-img

बजेटमा आइटी क्षेत्रलाई बेवास्ता गरेको भन्दै सांसद वाग्लेकोे असन्तुष्टि

बजेटले आइटी क्षेत्रलाई बेवास्ता गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले असन्तुष्टि जनाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले अथाह सम्भावना भएको भनिएको पर्यटन क्षेत्रभन्दा पनि ठूलो सम्भावना आइटी क्षेत्रमा रहेको दाबी गरे । 

सरकारले बजेटमा आइटी क्षेत्रलाई प्राथमिकता दिनसके मात्रै पनि आइटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउन सकिने उनले बताए । नेपालमा आइटी क्षेत्रको सम्भावना र विदेशको काम गर्ने नेपाली कति छन् भन्ने अध्ययन अहिलेसम्म नगरेको उनले बताए । 

निजी क्षेत्रबाट भएको अध्ययनको प्रारम्भिक तथ्यांकहरू सुन्दा नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउने अनुमान गर्न सकिने उनको भनाइ छ । नयाँ रूपान्तरणकारी सेक्टरमा सरकारले झारा टार्ने गरी डिजिटल अर्थतन्त्र अपनाइनेछ भन्ने भाषामा मात्रै खुम्चिएको सांसद वाग्लेको आरोप छ । 



निजी क्षेत्रले निकालेको आँकडाअनुसार करिब सात हजार ६३७ वटा आइटी कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता रहेको बताउँदै उनले करिब सात हजार जतिले ट्याक्स तिर्ने गरेको जानकारी गराए । यसरी काम गर्नेहरुले वार्षिक पाँचहजार डलर आम्दानी गरिरहेको उनले उल्लेख गरे । 





  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार २१:४४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया