logo-img

वेस्ट इण्डिजविरुद्ध करण केसीले रचे इतिहास

करण केसी विश्वकप विजेता टोलीविरुद्ध विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । उनले यो उपलब्धि जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इण्डिजविरुद्ध हासिल गरे । 

करणले दोस्रो ओभरको तेस्रो बलमा कायल मेयर्सलाई १ रनमा आउट गरे । चौका हान्ने धुनमा मेयर्स कुशल भुर्तेलबाट क्याच आउट भए । यस्तै, युवा अलराउन्डर गुलशन झाले नेपाललाई दोस्रो सफलता दिलाए । 

उनले ४.१ ओभरमा जोनसन चार्ल्सलाई शून्यमै विकेटकिपर आसिफ शेखको हातबाट क्याच गराए । हरारे स्पोर्ट्स क्लब मैदानमा जारी खेलमा नेपालले आज पनि टस जितेर पहिला फिल्डिङ गरिरहेको हो ।   



नेपाल आज विश्व च्याम्पियन वेस्ट इण्डिजलाई स्तब्ध पार्ने दाउमा छ । पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हार बेहोरेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हरायो । नेपाल आज वेस्ट इण्डिजलाई हराउँदै सुपर सिक्स यात्रा बलियो बनाउन चाहन्छ ।   

वेस्ट इण्डिज नेपालविरुद्ध सहज जित निकाल्दै आगामी चरणको यात्रा सुरक्षित गर्ने रणनीतिमा छ । उसले पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।  

नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार नेदरल्याण्ड्सको सामना गर्नेछ । समूह ‘ए’ मा नेपालसहित वेस्ट इण्डिज, जिम्बाब्वे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन् । यस्तै, समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, ओमान, स्कटल्याण्ड र यूएई प्रतिस्पर्धा गरिरहेका छन् । 



दुवै समूहबाट शीर्ष तीनरतीन टिमले सुपरसिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सको शीर्ष दुई टोलीले यही वर्ष भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।  



  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार १३:२९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया