logo-img

निजगढ विमानस्थलमा साइट क्लियरको काम चाँडै सक्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आर्थिक वर्ष २०८०/८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नमो जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट सुनिश्चित गर्ने गरेको बताए । उनले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको  बताए । उनले रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि बताए । राष्ट्रिय गौरवका आयोजनाहरु र अन्य प्राथमिकता आयोजनाहरुको जग्गाअधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताए ।

उनले भने,‘सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट सुनिश्चित गर्ने गरेको छ ।  राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षमा साइड क्लिेयर गर्ने कुरामा सरकारको गहिरो ध्यान छ । रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको छ । राष्ट्रिय गौरवका आयोजनाहरु र अन्य प्राथमिकता आयोजनाहरुको जग्गाअधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको छ । आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायहरु मार्फत सम्बोधन गरिनेछ । अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेको विषयमा नेपाल सरकारको गहिरो ध्यान छ ।’



उनले राष्ट्रिय गौरवका आयोजनाहरुमा आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायहरुमार्फत सम्बोधन गरिने बताए । 





  • प्रकाशित मिति : असार ८, २०८० शुक्रबार १२:४१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया