logo-img

देश विकासका लागि कांग्रेस बलियो हुनुपर्छ : बद्री पाण्डे

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्ने बताएका छन् ।  

बैतडी सदरमुकाममा कार्यकतासँगको अन्तरक्रियात्मक कार्यक्रममा उनले कांग्रेसलाई बलियो बनाए मात्रै लोकतन्त्रको संस्थागत विकास हुने दाबी गरे ।

‘जनताको पक्षमा काम गर्न सक्ने पार्टी कांग्रेस नै हो । त्यसैले लोकतन्त्रको संस्थागत विकास र देश विकासका लागि कांग्रेस बलियो हुनुपर्छ,’ पाण्डेले भने ।



उनले कांग्रेस पार्टीभित्र देखिएका कमजोरी र समस्या हटाई तल्लो तहदेखि नै बलियो कांग्रेस बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीभित्र रहेका समस्या, कमी कमजोरी हटाएर सबैले कांग्रेस बलियो बनाउन लाग्नुपर्छ ।’  





  • प्रकाशित मिति : असार १२, २०८० मंगलबार १०:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया