logo-img

बजेट पारित भए पनि असन्तुष्टि कायम छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताएका छन् । 

बुधबार प्रतिनिधिसभाबाट बजेट पारित भएसँगै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले यस्तो बताएका हुन् । 

आफूहरुले राखेको कुरामा अर्थमन्त्रीले सुधार गर्ने भनेपछि अर्थमन्त्रीको कुरा ग्रहण गर्दै बजेट पारित गरेको उनले बताए । यादवले भने, ‘अर्थमन्त्रीले, प्रधानमन्त्रीले बोलिसकेपछि त्यसलाई अनर गर्दै बजेट पास गरेको हो ।’

देशमा भ्रष्टाचारको न्यूनीकरण गर्नुका साथै भ्रष्टाचार हुने कारणको पनि निरुपण गर्नुपर्ने यादवको भनाइ छ । 





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १९:३४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया