logo-img

मुख्यमन्त्रीलाई विश्वासकाे मत दिन्नाैँ, आवश्यक परे मध्यावधिमा जान्छाैँ : उद्धव  थापा

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव  थापाले प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने बताएका हुन् ।

बिहीबार प्रदेशसभा भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले कार्कीलाई विश्वासको मत दिनुभन्दा आवश्यक परे मध्यावधि निर्वाचनमा जान सकिने बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वाभाविक भएको र त्यसको जवाफ प्रदेशसभाबाटै दिने उनले बताए ।

कोशी प्रदेशसभामा विपक्षी गठबन्धनको ठूलो दल भएकाले नयाँ सरकारको नेतृत्वमा कांग्रेसको दाबी रहने थापाकाे भनाइ छ । 





  • प्रकाशित मिति : असार १४, २०८० बिहीबार १७:११:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया