फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो

विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो ।

दक्षिण एसियाली राष्ट्रमा भारत अग्रस्थानमा छ । भारत १००औँ स्थानमा छ । यस्तै मालदिभ्स १५४औँ स्थानमा यथावत् रहँदा भुटान एक स्थान सुधार गर्दै १८४औँ स्थानमा उक्लेको छ । यसै गरी बङ्गलादेश १९२औँ स्थानमा यथावत् छ भने पाकिस्तान २०१औँ स्थानमा झरेको छ । श्रीलङ्का २०७औँ स्थानमा छ ।

विश्व वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत् छ भने फ्रान्स दोस्रो रहेको छ । त्यस्तै ब्राजिल तेस्रो, इङ्गल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन् ।  





  • प्रकाशित मिति : असार १४, २०८० बिहीबार १८:२७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया