कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. डबल धामी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टरमा डा. डबल धामी नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा. धामीलाई रेक्टर पदमा नियुक्त गरेका हुन् ।   

मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको सिफारिसका आधारमा डा. धामीलाई रेक्टर पदमा नियुक्त गरेका हुन् । उपकुलपति रावलले डा. धामीसहित तीन जनाको नाम सिफारिस गरेका थिए । रावलले डा. धामीसँगै डा. भूमिराज क्षेत्री र डा. कुशल भट्टराईको नाम सिफारिस गरेका थिए ।

यसअघि रेक्टरका लागि अन्य तीनजनाको नाम सिफारिस भएको थियो । तर, मन्त्री बस्नेतले उनीहरूबाहेकका नाम सिफारिस गर्न भनेपछि उपकुलपति डा. रावलले नयाँ तीन जनाको नाम सिफारिस गरेका थिए ।

उपकुलपति रावलले रेक्टरका लागि यसअघि डा .राजीव शाह, डा. माया राई र डा. अनुस्मृति पालको नाम सिफारिस गरेका थिए । बझाङको छबिसपाथिभेरा–६ का स्थायी बासिन्दा धामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्राध्यापकको रूपमा काम गर्दै आएका थिए ।

धामीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस तथा काठमाडौं विश्वविद्यालयबाट क्लिनिक फर्माकोलोजी एन्ड थेराप्युटीक्समा एमडी गरेका छन् ।





  • प्रकाशित मिति : असार १८, २०८० साेमबार ७:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया