logo-img

सरकारले दिएकाे राजस्व संकलनकाे तथ्यांक गलत : सांसद डा. वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकारले चालू आर्थिक वर्षको राजस्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् । 

संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व संकलन प्रक्षेपण गर्न नसकेको आरोप लगाउँदै उनले सरकारले असार १८ गतेसम्म राजस्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि नौ खर्ब उठेको भनेर गलत तथ्यांक दिएको दाबी गरे । 

अर्थ मन्त्रालयले एक महिनाअघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउने घोषणा गरेको भन्दै उनले अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने बताए । नेपालको औसत राजस्व संकलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजस्व उठाउनुपर्ने बाध्यता सरकारलाई रहेको बताए । 



असार १८ गतेसम्म सरकारको अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको उनको भनाइ छ । सरकारको लक्ष्य  ५५ अर्ब बाट एक महिनाअघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा ५ अर्ब उठ्नसक्ने सांसद वाग्लेको दाबी छ । 

सरकारको राजस्व र वैदेशिक अनुदानमा पनि एक महिनाभित्र नै संशोधित अनुमान र वास्तविताबीचको खाडल विश्वनीयतामा प्रश्न उठ्नु राम्रो नभएको उनले औँल्याए । 
 





  • प्रकाशित मिति : असार १९, २०८० मंगलबार १६:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया