logo-img

कोशीकाे मुख्यमन्त्रीमा कांग्रेस नेता थापाकाे दाबी पेस

कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता उद्धव थापाले दाबी पेस गरेका छन् । थापाले ४७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 

थापालाई माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीका सांसदले साथ दिएका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष ४७ सांसदसहित थापाले दाबी पेस गरेका हुन् । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत लिन असफल भएपछि थापाले बहुमत सांसदकाे हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।







  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार १७:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया