कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार, आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले पाँच मन्त्री नियुक्त गरेर ६ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । 

उनले कांग्रेसबाट प्रदीपकुमार सुनुवार र  रामकुमार खत्री, माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्रकुमार राई, नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगुलाई मन्त्रीम नियुक्त गरेका हुन् । 

पाँच मन्त्रीमध्ये आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी दिइएको छ । अन्य चार मन्त्रीको जिम्मेवारी पछि तोकिने जनाइएको छ । 

राप्रपासहितका दल सरकारमा सहभागी हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर मुख्यमन्त्री थापाले मन्त्रीहरूको जिम्मेवारी नतोकेका हुन् । गठबन्धन दलहरुबीच आइतबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।





  • प्रकाशित मिति : असार २४, २०८० आइतबार २१:३२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया