आर्मी र एपिएफको लगातार दोस्रो जित

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग, २०८० मा लगातार दोस्रो जित दर्ता गराएका छन् ।

आर्मीले आज दावाँली मिलन क्लबलाई २–१९, २५–११, २५–२० अंकले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि भएको पहिलो खेलमा आर्मीले सैलुङ बाघढुंगालाई पराजित गरेको थियो । 

आजै भएको अर्को खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–१ ले पराजित गर्दै विजयी भएको हो । पहिलो सेट २१–२५ ले गुमाएको एपिएफ खेलमा फर्कंदै लगातार बाँकी तीन सेट २५–२१, २५–२३, २५–१७ ले जित्दै खेललाई आफ्नो पक्षमा पार्न सफल भयो । 

प्रतियोगिताको दाबेदार टिम टिपटप हेल्प नेपालले पनि आज आफ्नो पहिलो खेलमा सैलुङ बाघढुंगा स्पोर्ट्स कलब, रामेछापलाई ३–० ले पराजित गर्दै महत्त्वपूर्ण ३ अंक जोड्न सफल भयो । 

तीन पाकिस्तानी खेलाडीसहित कोर्टमा उत्रेको हेल्प नेपालले सैलुङलाई २५–१२, २५–१५, २५–१९ ले पराजित गर्यो ।

नेपाल भलिबल संघको आयोजनामा भएको लिगको महिलातर्फको खेलमा एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्यो । खेलमा पहिलो र दोस्रो सेट ३०–२८, २५–२३ ले जितेको एपिएफले तेस्रो र चौथो सेट गुमाउन पुग्यो । आर्मीले तेस्रो सेट २०–२५ र चौथो सेट १९–२५ ले जित्यो । निर्णायक तथा पाँचौँ सेट आर्मीले खेलको लयलाई गुमाउन पुग्दा एपिएफले १५–६ ले जित हात पार्दै विजयी भयो ।



राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उक्त प्रतियोगिताको महिलातर्फकै अर्को खेलमा होङवाङजी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० सेटले पराजित गर्यो । डायमण्डले गण्डकीलाई २५–१७, २५–१६, २५–१५ ले पराजित गर्यो । 



  • प्रकाशित मिति : असार २४, २०८० आइतबार २२:५९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया