भारतले धौलीगंगाको बाँध खोल्दै, महाकाली किनारका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारका बासिन्दालाई पूर्वसतर्कता अपनाउन अनुरोध गरेको छ ।  

भारतले भोलि बिहान ५ बजे बाँध खोल्न लागेकाले प्रशासनले सार्वजनिक सूचना जारी गर्दै नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको हा 

भारतको एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै परियोजनाको बाँध खोल्न लागिएको जनाएका छन् । 
सिल्ट सफाइका लागि असार २६ गते बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँध खोल्न लागिएको पत्रमा उल्लेख गरिएको छ ।

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा पर्ने धौलीगंगाको बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीको जलस्तर बढ्दछ ।  





  • प्रकाशित मिति : असार २५, २०८० साेमबार ७:३५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया