कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दा न्यायाधीश माथेमाको इजलासमा

कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ। प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको हो ।

आज मुद्दा २४ औँ क्रममा छ। यसअघि आइतबार उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएपनि समयअभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट निवेदन दर्ता गराएका थिए । रिटमा  प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरिएको छ । 





  • प्रकाशित मिति : असार २५, २०८० साेमबार १२:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया