logo-img

सांसद मिश्रको प्रश्न- ट्रकका ट्रक पास हुने मल किन समात्न सकिएन ?

राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन् ।  

मंगलबार राष्ट्रिय सभाको बैठकमा उनले भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समात्ने तर ट्रकका ट्रक पास हुने मल समातेको भन्नेकुरा नसुनेको भन्दै सरकारप्रति कटाक्ष गरे । उनले अवैधानिक बाटोबाट मल ल्याउनेलाई कारबाही गर्न पनि आग्रह गरे ।  

‘समयमा मलको पर्याप्त व्यवस्था हुन सकेको छैन । भारतबाट एक दुई बोरा मल ल्याउने किसानको मल समातिएको छ । ट्रकका ट्रक पनि पास हुन्छ भन्छन् है, त्यो पक्रेको मलाई थाहा छैन,’ मिश्रले भने । 



उनले कैलालीमा पानी पर्न नसक्दा किसानले रोपाइँ गर्न नसकेकोप्रति सिंचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण पनि गराए । 
 





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार १२:५२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया