प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिस विजयी

विभागीय टोली नेपाल पुलिस क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा लगातार तेस्रो जित दर्ता गराएको छ । 
    
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा पुलिसले दावाली मिलन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको हो । पुलिसले पहिलो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सैलुङ बागढुंगा क्लबलाई हराएको थियो । 
    
खेलमा पुलिसले दावाली मिलन क्लबमाथि खेलको पहिलो सेट २५–२१, दोस्रो सेट २५–१९ तथा खेलको तेस्रो तथा अन्तिम सेट २५–१७ ले पराजित गर्यो । यस जितसँग पुलिसले ३ खेलमा ८ अंक जोडेको छ । यस हारसँगै लगातार चार खेलमा पराजित भएको दावाली मिलन क्लब प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिएको छ ।





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार १८:४५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया