logo-img

खेलकुद क्षेत्रमा चलखेल हुँदा खेलाडी बदनाम भए : सांसद पाण्डे

नेपाली कांग्रेसका सांसद बद्रीपसाद पाण्डेले खेलकुद क्षेत्रमा चलखेल हुँदा खेलाडीहरु बदनाम हुनुपरेको बताएका छन् । बिहीबार बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

युवाहरुलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेको उनको भनाइ छ । 

खेलकुद मन्त्रालयको बजेट घटेर आएको, तर युवाहरुलाई सिर्जनशील बनाउने कुरा देशमा डरलाग्दो स्थिति रहेको उनले बताए । आर्थिक उपार्जन गर्न खेलकुद क्षेत्र महत्वपूर्ण हुने भन्दै यस क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ छ । 



खेलकुद र युवा क्षेत्रमा निजी र सहकारी लगायतका अन्य क्षेत्रहरुले पनि युवा उद्यमशीलताको क्षेत्रमा र खेलकुद क्षेत्रलाई माथि उठाउन कुनै साझेदारीको कार्यक्रम गर्न जरुरी रहेको सांसद पाण्डेले बताए । १६५ निर्वाचन क्षेत्रमध्ये कम्तीमा एउटा कार्यक्रम युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत लगाउन नयाँ विकल्प सोच्नुपर्ने उनले बताए । 


 





  • प्रकाशित मिति : असार २८, २०८० बिहीबार १८:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया