logo-img

चितवनमा एक वर्षमा ३९ जनाले लिए अङ्गीकृत नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चार जनाले नागरिकता लिएका हुन् ।

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन् । यस्तै, १३ हजार ६ सय ५ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले जानकारी दिए । सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ । १ हजार ७ सय पाँच जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार चार सय ४७ जनाले विवरण बुझाएका छन् । गत आवमा जिल्ला प्रशासन कार्यालयबाट २६ हजार ५ सय ६५ जनाले राहदानी सिफारिस लिएका छन् । कार्यालयले १३ करोड ३३ लाख २२ हजार रुपैयाँ १ सय ९ रुपैयाँ राजस्व सङ्कलन गरेको उनले बताए ।



सबैभन्दा धेरै राहदानीबाट १३ करोड ७ लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै, प्रशासनिक दण्ड जरिवानाबाट ६ लाख ९२ हजार, प्रशासनिक सेवा शुल्कबापत १३ लाख ८४ हजार, हात हतियार इजाजत दस्तुरबापत ४ लाख ४२ हजार तथा बेरुजुबापत ९ हजार रुपैयाँ सङ्कलन भएको न्यौपानेले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन ३, २०८० बुधबार ११:५०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया