स्पेस फोरके टेलिभिजनको अपरेसन निर्देशकमा देवकोटा

डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोषकुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेसन निर्देशकमा नियुक्त भएका छन् ।

देवकोटालाई अध्यक्ष दिनेशकुमार शाहीसहित टेलिभिजन परिवारले एक कार्यक्रमकाबीच स्वागत गरेको छ । देवकोटासँग छापा तथा रेडियोका साथै डिजिटल प्लाटफर्ममा एक दशकभन्दा बढी काम गरेको अनुभव छ । 

देवकोटाले यसअघि नेपाली पात्रोमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए ।  हाम्रो पात्रोका पूर्वसंस्थापक एमडीको भूमिका निभाएका देवकोटा नेपालको सर्वाधिक लोकप्रिय स्ट्याण्डअप कमेडी समूह ‘नेपग्याजम - NepGasm Comedy’का संस्थापक निर्देशकसमेत हुन् ।

२०५६ सालमा वीरगञ्जबाट प्रकाशित हुने सार्थक साप्ताहिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका देवकोटा लामो समय रेडियो प्रसारणमा समेत आबद्ध थिए । एक दशक यता भने उनी डिजिटल मिडिया विज्ञका रुपमा सक्रिय छन ।    

मनोरञ्जनात्मक कार्यक्रम र समाचार तथा समाचारमूलक कार्यक्रम प्रसारण गरिरहेको स्पेस फोरके टेलिभिजनमा देवकोटाले व्यवस्थापनका साथ विशेष गरी डिजिटल प्लाटफर्मको प्रबर्द्धनमा विशेष योगदान दिनेछन् ।





  • प्रकाशित मिति : साउन ३, २०८० बुधबार १२:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया