राष्ट्रपति पौडेलद्वारा अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण
फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । 

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणीकरण गरेको बताएका हुन् । 

संघीय संसद्को दुवै सदनबाट पारित भएका विधेयकहरू राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रूपमा कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ । 





  • प्रकाशित मिति : साउन ४, २०८० बिहीबार १५:४१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया