फिफा महिला फुटबल विश्वकपमा जापानको शानदार सुरुवात

फिफा महिला फुटबल विश्वकपमा जापानले शानदार सुरुवात गरेको छ ।

शनिबार सम्पन्न खेलमा जापानले जाम्बियालाई ५–० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार सुुरुवात गरेको हो ।

जापानको जितमा हिनाता मियाजावाले दुई गोल गरेकी थिइन् भने मिना तानाका, जुन एन्डो र रिको उएकीले एक–एक गोल गरेका थिए ।

यो जितसँगै जापानले महत्वपूर्ण तीन अंक हासिल गर्दै समूह सी मा शीर्ष स्थानमा रहेको छ । समूह सी मा स्पेनले पनि आफ्नो पहिलो खेल जितेर तीन अंक हासिल गरेको छ । 

त्यस्तै, यस समूहमा कोस्टा रिका र जाम्बियाले पहिलो खेलमा हार बेहोरेका छन् ।





  • प्रकाशित मिति : साउन ६, २०८० शनिबार १८:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया