कुथेली हाइड्रोपावरको आइपिओ बाँडफाँट

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपिओ आइतबार बिहान बाँडफाँट भएको छ । गोलाप्रथामार्फत कुल १० हजार ११५ जनाले कम्पनीको सेयर हात पारेका छन् । जसमध्ये १ जनालाई ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् ।   

आइपिओका लागि कुल १० लाख ४८ हजार ४६८ जनाले आवेदन दिएकामा १ हजार १६३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

बाँकी १० लाख ४७ हजार ३०५ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १ लाख १ हजार १५१ कित्ता आइपिओ बिक्री गरेको हो ।

कुल १ लाख २१ हजार ८६८ कित्ता सेयरमध्ये १०% अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै बाँडफाँट भइसकेको थियो । त्यस्तै, ५% (६ हजार ९३ कित्ता) सामूहिक लगानी कोष र २% अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

लगानीकर्ताले आइपिओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटल र कुथेली बुखरी स्मल हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन् । 

यस कम्पनीको आइपिओ https://meroshare.cdsc.com.np/#/login र सीडीएस एन्ड क्लियरिङले आइपिओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि हेर्न सकिनेछ ।





  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार ९:५७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया