logo-img

आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउनेगरी तयारी गर्नुपर्छ : विमलेन्द्र निधि

नेपाली का‌ंग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा उनले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको भन्दै दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको बताएका हुन् । 

निधिले पार्टीको दृष्टिकोण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अनुरूपको हुनुपर्ने बताए । उनले संविधान र कानुनलाई संशोधन गरेर भए पनि प्रदेशको अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।  

‘यो पाँच वर्षसम्म त गठबन्धन ठिकै छ । पाँच वर्षपछि रूपान्तरणको लागि गठबन्धनको प्रयोग गरेर नेपाली कांग्रेस एक्लैले बहुमत कसरी ल्याउन सक्छ तीनै तहको लागि चुनावको तयारी गरौँ । पार्टीको संगठन सुदृढीकरण गरौँ । विस्तारित गरौँ । त्यस काममा हामी लागौँ । प्रदेशहरूको अधिकारलाई सुनिश्चित गरौँ,’ निधिले भने, ‘संविधान संशोधन गर्नुपर्छ भने गरौँ । कानुनमा संशोधन गर्नुपर्छ भने गरौँ । यसका लागि नेपाली कांग्रेसमा आज व्यक्ति र नाम परिवर्तनभन्दा पनि दृष्टिकोण परिवर्तन गर्नु आवश्यक छ । अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जुन छ, तदानुकूलको दृष्टिकोण परिवर्तनमा लागि हामीले आफूलाई तयार गर्नुपर्छ ।’ 

उनले अहिलेको लागि गठबन्धन ठीक भए पनि आगामी निर्वाचनमा भने कांग्रेस एक्लैले बहुमत ल्याउनेगरी निर्वाचनको तयारी गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार १३:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया