नीति अधिवेशन असोजमा गरौँ : विजयकुमार गच्छदार

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आगामी असोजमा पार्टीको नीति अधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता गच्छदारले समयमै नीति अधिवेशन गर्नुपर्ने बताएका हुन् । उनले आगामी असोजमा नीति अधिवेशन गर्न प्रस्ताव गरे । उनले नीति अधिवेशनमा पार्टीको आगामी दिशाको बारेमा माथिबाट नै बहस हुनुपर्ने बताए । 

‘देशको राजनीति बिग्रिएको छ । अझै बिग्रिन्छ देशको राजनीति । बिग्रिरहेको राजनीतिक परिवेशमा नेपाली कांग्रेसले कसरी अघि बढ्दाखेरि राम्रो हुन्छ भनेर यो चानचुने विषय होइन । एक नम्बरको एजेण्डामा देशको समसामयिक राजनीतिक विषयमा छुट्टै बैठक राखियोस् । समयमै नीति अधिवेशन गर्नुस्,' उनले भने, 'सक्नुहुन्छ भने असोजमा गर्नुस् । सक्नुहुन्न भने कार्तिकमा चाडपर्व छ मंसिरमा गर्नुस् । नीति अधिवेशनमा तपाईंले सभापतिजी एजेण्डा प्रस्तुत गरिसकेपछि प्रस्तावमा माथिबाट नै बहस गर्ने अनुमति दिनुस् ।’

उनले देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पार्टीको छुट्टै बैठक गर्नुपर्ने माग गरे । देशको राजनीति बिग्रिरहेको भन्दै यस्तो अवस्थामा कांग्रेसले कसरी अगाडि बढ्ने भन्नेमा छलफल हुनुपर्ने उनले बताए । 





  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार १६:३९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया