सबै देशसँग सुमधुर सम्बन्ध बनाइरहनु आजको आवश्यकता : उपराष्ट्रपति
फाइल तस्बिर

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरूसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित हनोररी काउन्सिलर क्रप्स नेपाल (एचसीसीएन) को १६ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरूसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको बताए ।

उनले दौत्य सम्बन्ध कायम भएका देशका नागरिकलाई नेपालमा पर्यटकको रूपमा भित्र्याउन एचसीसीएनको प्रमुख भूमिका रहेको बताए । उनले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरू जलविद्युत, पर्यटन लगायत विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिको लागि संस्थाले थप योगदान दिन आवश्यक रहेको बताए । 

उनले भने, ‘आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरूसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता हो । यस कार्यमा एचसीसीएनको पूर्ण कार्यान्वयन हुनुपर्ने हुन्छ । दौत्य सम्बन्ध कायम भएका देशका नागरिकलाई नेपालमा पर्यटकको रूपमा भित्र्याउनु यो संस्थाको महत्त्वपूर्ण भूमिका रहेको छ । नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरू जलविद्युत, पर्यटन लगायत विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिको लागि संस्थाले थप योगदान दिन सक्नुपर्छ ।  यो संस्था नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनीकरण गर्नमा सम्बन्धित देशसँग पहल गर्न केन्द्रित हुनुपर्छ ।’

उपराष्ट्रपति यादवले एचसीसीएनले जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनीकरण गर्नमा सम्बन्धित देशसँग पहल गर्न केन्द्रित हुनुपर्ने बताए । 





  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार १७:३१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया