सफ्ट्वेरिका कलेजमा ‘टेक–एक्स २०२३’ हुँदै

सफ्ट्वेरिका कलेजले आगामी २७ जुलाईदेखि ‘टेक–एक्स २०२३’ सुरु गर्ने भएको छ । ‘टेक–एक्स’ २७ देखि ३० जुलाईसम्म सञ्चालन हुने सफ्ट्वेरिका कलेजले जनाएको छ । 

कलेजका अनुसार ‘टेक–एक्स २०२३’ मा मुख्य आकर्षणको केन्द्रविन्दुका रूपमा रोबोटिक प्रदर्शनी गरिनेछ । ‘सफ्ट्वेरिका कलेजमा अध्ययनरत विद्यार्थीद्वारा निर्मित रोबोटलाई प्रदर्शनमा राखिनेछ,’ कलेजका प्रमुख प्रमोद पौडेलले भने, ‘टेक–एक्स २०२३’ मा कम्तीमा ६ वटा रोबोट प्रदर्शन गर्ने योजना छ । यससँगै आइओटीको इनोभेसन प्रोजेक्टअन्तर्गत ३० भन्दा बढी प्रोजेक्टलाई प्रदर्शनमा राखिनेछ ।’

यस कार्यक्रमको मुख्य उद्देश्य भनेको २१औं शताब्दीका बालबालिकालाई आइटीको क्षेत्रमा भइरहेको आमूल परिवर्तनबारे जानकारी दिनु रहेको सफ्ट्वेरिकाले जनाएको छ । ‘आइटीको क्षेत्रमा पछिल्लो समय के–कस्ता परिवर्तन भइरहेका छन् । यही क्षेत्रमा के–के परिवर्तन गर्न सकिन्छ । आइटी अध्ययनले हाम्रो जीवनमा कस्तो भूमिका खेलिरहेको छ । र, हामीलाई आइटी अध्ययन किन जरुरी छ भन्ने जस्ता कुराको ज्ञान दिन यो कार्यक्रम आयोजना हुन गइरहेको छ,’ कलेज प्रमुख पौडेलले भने । 

यसका साथै विद्यार्थीहरुले आइटी अध्ययनपश्चात् जीवन उपयोगी सीप विकासमा कस्तो भूमिका खेलिरहेका छन् भन्ने बारेमा पनि कार्यक्रममा चर्चा गरिने प्रमुख पौडेलको भनाइ छ ।  
सफ्ट्वेरिका कलेजका अनुसार कम्तीमा पाँच हजारभन्दा बढी अवलोकनकर्ताले कार्यक्रम अवलोकन गर्नेछन् । यसका साथै कार्यक्रममा मनोरञ्जनात्मक क्रियाकलाप, आइटी क्षेत्रले कृर्षि क्षेत्रमा पुर्याउने यागदानबारे जानकारीसमेत दिइनेछ । यस कार्यक्रममा एक सयभन्दा बढी विद्यार्थीको सहभागिता रहनेछ । 

यससँगै कार्यक्रममा फुडस्टल, बौद्धिक खेल, बिजुलीबाट बनाइएका सवारीसाधनको अनुभव लिन सकिने र बौद्धिक खेल जितेका विजेतालाई पुरस्कारको पनि व्यवस्था गरिएको कलेजले जनाएको छ ।





  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार १६:९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया