शाखा विस्तार गर्दै एसएमएस एजुेकसन सर्भिस, शुक्रबारदेखि पोखराबाट पनि सेवा

एसएमएस एजुकेसन सर्भिसले शाखा विस्तार गर्ने भएको छ । यसअघि काठमाडौं, जनकपुर र इटहरीबाट वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई सेवा प्रदान गर्दै आएको यस संस्थाले आगामी शुक्रबारबाट कास्कीको पोखरामा नयाँ शाखा विस्तार गरेर सेवा सुरु गर्न लागेको हो ।

एसएमएस एजुकेसन सर्भिसले स्थापनाकालदेखि हालसम्म १० हजारभन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि आवश्यक तयारी परीक्षासम्बन्धी ज्ञान प्रदान गरिसकेको छ ।

शुक्रबार उद्‍घाटन हुने उक्त शाखाले अन्य जिल्लाका शाखामा दिँदै आएको सेवालाई नै निरन्तरता दिने एसएमएस एजुकेसन सर्भिसका प्रशासनिक प्रबन्धक राजकुमार सुवेदीले जानकारी दिए ।

पोखरा चिप्लेढुंगास्थित ट्रेड महलमा एसएमएस एजुकेसन सर्भिसको नयाँ शाखा रहने उनले बताए । पोखरा, बाग्लुङ, तनहुँ, पर्वतलगायत गण्डकी प्रदेशका सबै जिल्लाका विद्यार्थीलाई लक्षित गरेर शाखा खोलिएको सुवेदीको भनाइ छ ।



उनले भने, ‘वैदेशिक अध्ययनमा जाने योजना बनाएका गण्डकी प्रदेशलगायत सबै जिल्लाका विद्यार्थीलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरेका हौँ । अब वैदेशिक अध्ययनमा जानुअघि गरिने तयारी परीक्षा विद्यार्थीलाई पायक पर्ने स्थानबाटै दिन्छौं ।’

यो शाखा विस्तारसँगै विदेशमा अध्ययन गर्न जाने योजना बनाएका विद्यार्थी तयारी परीक्षाका गर्न कै लागि काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्त हुने उनको विश्वास छ ।  



यस संस्थाले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई आवश्यक तयारी गराएर योग्य बनाउने काम गर्दै आएको छ । 

यस्तै, संस्थाले भिसा आवेदनका लागि पनि विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।

२०७५ सालमा स्थापना भएको यो संस्थाले विशेषगरी, अस्ट्रेलिया, क्यानडा, युके, अमेरिका, न्यूजिल्यान्ड, आयरल्यान्ड, जर्मनी र भारतमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई तयारी कक्षा दिनुका साथै अध्ययनका लागि जान सहयोगसमेत गर्दै आएको छ । 

  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार १२:४३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया