पाँचथर जिप दुर्घटना : थप एक जनाको मृत्यु

पाँचथरको फिदिम नगरपालिका–२ कृष्णमन्दिर नजिकै म‌ंगलबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि झापा लगिएकी जिल्लाको फिदिम नगरपालिका–१० याङनाम की ४० वर्षीया सविना विकको गएराति मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते उनलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि झापा लगिएको थियो । दुर्घटनामा घाइते भई जिल्ला अस्पतालमा मृत्यु अर्का भएका व्यक्तिको पनि पहिचान खुलेको छ । 

प्रहरी निरीक्षक मिलन थापाका अनुसार मृत्यु हुने ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेम रहेका छन् । 

दुर्घटनामा चालकसहित १२ जना घाइते भएका थिए । घाइतेमध्ये पाँच जनाको झापामा र बाँकीको फिदिम अस्पतालमा उपचार भइरहेको छ । झापाबाट फिदिम आउँदै गरेको मे१ज १९४१ नंको जिप हिजो दिउँसो १२ः१५ बजे फिदिम नगरपालिका–२ कृष्णमन्दिर छेउमा दुर्घटना भएको हो । 

चालकले घुम्तीमा मोड्न नसक्दा उक्त उक्त जिप सडकबाट करिब दुई सय मिटर तल झरेको थियो । 





  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार १४:२९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया