logo-img

सीमा र देशको रक्षा गर्ने सेनालाई ठेक्का दिएर काम लगाउने क्रम बन्द गराैँ : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सीमा र देशको रक्षा गर्ने भूमिका पाएको सेनालाई ठेक्का दिएर काम लगाउने क्रम बन्द गरिनुपर्ने बताएका छन्।  

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।

उनले १० वर्षयता त्रिभुवन विमानस्थल हुँदै ४ हजार १०० केजी अवैध सुन भित्रिएको बताए । ‘१० वर्षमा त्रिभुवन विमानस्थलबाट ४ हजार १०० केजी सुन कसरी तस्करी भयो। कुन कुन गृहमन्त्रीको पालामा सुन तस्करी भयो ? कारबाही हुनुपर्छ,' उनले भने । 



शासकहरुले सुन तस्करलाई दुहुनो गाई बनाइरहेकाे भन्दै उनले उच्च तहका को को संलग्न छन्, सबैलाई कारबाही हुनुपर्ने बताए । 





  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार १६:३९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया