काठमाडौंमा लघुवित्त पीडितको विरोध प्रदर्शन [तस्बिरहरू]

लघुवित्त पीडितहरूले नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका छन् । ‘लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । 

बुधवार माइतीघर मण्डलामा भेला भइ संसद भवन घेराउ गर्न पुगेका उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन् । 

आफ्ना माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ । पीडितहरूले लुघवित्तलाई खारेज गर्नुपर्ने, साँवासहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्नुपर्ने बताएका छन् । 





  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार १८:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया