स्टार्टअप उद्यमीको आम्दानीमा ५० प्रतिशत कर छुट : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘इनोभेसन नलेज’ लाई लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको बताएका छन् ।

बिहीबार उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री महतले स्टार्टअप उद्यममार्फत नेपालमा सफ्टवेयर उत्पादन गर्नेहरूलाई राज्यले बजेटमार्फत एक किसिमको अनुदानको व्यवस्था गरेको बताएका हुन् । 

उनले कोभिड–१९ पछि नेपाली युवाहरू टेक्नोलोजीको क्षेत्रमा नयाँ टेक्नोलोजी उत्पादन गरेको बताए । उनले युवाहरूसँग सीप तथा क्षमता हुने बताउँदै उद्यमी बनाउन स्टार्टअप फन्डको व्यवस्थासमेत सरकारले गरेको बताए ।

‘टेक्नोलोजी क्षेत्रमा लगानी बढाउने कुरा छ । त्यसमा राज्यको सहयोग खोजिएको छ । टेक्नोलोजी क्षेत्रको विकास तीव्ररूपमा भइरहेको छ । कोरोना महामारीपछि युवाहरूले सफट्वेयरहरू निर्यात गर्न लाग्नुभएको छ । स्टार्टअप उद्यम गर्ने टेक्नोलोजी सफ्टवेयर निर्यात गर्नेहरूलाई अनुदानको व्यवस्था गरेका छौँ,’ अर्थमन्त्री महतले भने, ‘सरकारले स्टार्टअप उद्यमीहरूले गरेको आम्दानीमा ५० प्रतिशत कर छुट गरेका छौँ । अन्य क्षेत्रभन्दा अहिले राम्रो व्यापारिक क्षेत्र टेक्नोलोजी भएको छ । यसमा धेरै अवसरहरू पनि छन् । सफ्टवेयर बनाउने कम्पनीहरू रजिस्टर गर्नसमेत छुट राज्यले दिएको छ ।’

उनले युवा उद्यमीले टेक्नोलोजी क्षेत्रमा लगानीका लागि सहयोग खोजेको भन्दै सफ्टवेयरहरू उत्पादन गर्नेहरूलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए । मन्त्री महतले सरकारले स्टार्टअप उद्यमीले गरेको आम्दानीमा ५० प्रतिशत कर छुट गरेको पनि बताए । उनले अन्य क्षेत्रहरूभन्दा अहिले टेक्नोलोजी क्षेत्रमा अवसर राम्रो रहेको बताए । 

‘सरकारले चालू आर्थिक वर्षको बजेटमा नेपालमा जसले सफ्टवेयर उत्पादन गर्छ । त्यसलाई १ लेभलमा सरकारले प्रोत्साहन गरेको छ तर परिसंघ त्यसमा खुसी देखिएको छैन,’ मन्त्री महतले भने, ‘विदेशमा नै बनेर ल्याउने सफ्टवेयरहरू भन्दा नेपालमा नै बनेको सफ्टवेयरलाई एक लेवलको अनुदान दिएका छौँ । आगामी दिनमा टेक्नोलोजी क्षेत्र राम्रो हुँदै जानेछ ।’



उनले सरकारले ‘इनोभेसन नलेज’ लाई व्यवसायको रूपमा लैजानको लागि लगानी गरी उद्यम गर्नेलाई कम्पनी दर्तामा समेत छुटको व्यवस्था गरिएको बताए । 

मन्त्री महतले  सरकारले चालू आर्थिक वर्षको बजेटमा नेपालमा जसले सफ्टवेयर उत्पादनलाई एक किसिमले प्रोत्साहन गर्ने नीति लिएको बताए । उनले विदेशमा नै बनेर ल्याउने सफ्टवेयरभन्दा नेपालमा नै बनेको सफ्टवेयरलाई अनुदान दिएको बताए ।   



  • प्रकाशित मिति : साउन १२, २०८० शुक्रबार १६:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया