‘टेक-एक्स २०२३’ प्रदर्शनीको दोस्रो दिन : अवलोकनकर्ताको आकर्षण [भिडियोसहित]

सफ्टवेरिका कलेज अफ आइटी एन्ड इ–कमर्सको प्राङ्गणमा बिहीबारदेखि ‘टेक–एक्स २०२३’ प्रदर्शनी भइरहेको छ । प्रदर्शनीको दोस्रो दिन आज (शुक्रबार) उपत्यकाभित्रका विभिन्न विद्यालयका शिक्षक, शिक्षिकाले अवलोकन गरेका छन् ।

साथै प्रदर्शनीमा अभिभावक, विद्यार्थीको पनि उल्लेख्य सहभागिता छ । प्रदर्शनीको दोस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, पूर्वमिस नेपाल माल्भिका सुब्बाले पनि प्रदर्शनी अवलोकन गरे । 

विवेकशील साझा पार्टी संगठन विभागकी प्रमुख रञ्जु दर्शना, पूर्वडिआइजी तथा सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतले पनि प्रदर्शनी अवलोकन गरेका छन् ।

सफ्टवेरिका कलेजमा ‘टेक–एक्स २०२३’ प्रदर्शनी उद्‍घाटन बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी थिइन् ।



टेक–एक्स २०२३ एक प्राविधिक प्रदर्शनी हो । यहाँ सफ्टवेरिका कलेजमा अध्ययनरत एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीले तयार पारेका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको छ ।

विद्यार्थीले बनाएका प्रोजेक्टहरूलाई अवलोकन गरिसकेपछि विवेकशील साझा पार्टी संगठन विभागकी प्रमुखमा रञ्जु दर्शनाले विद्यार्थीको कामको प्रशंसा गरेकी छन् ।



‘साइबर सुरक्षासम्बन्धी विद्यार्थीहरूले बनाएका उपकरणहरू देखेर म त चकित भएँ । हाम्रो मोबाइलमा भएका एपहरू कसरी ह्याक हुन सक्छन् र हामी कसरी सचेत हुने भन्ने जानकारी एकदमै राम्रो लाग्यो । र, राज्यले पनि यहाँका विद्यार्थीले बनाएका उपकरणहरू चाँडै प्रयोगमा ल्याइयोस् भन्ने चाहन्छु,’ रञ्जुले भनिन् । 

  • प्रकाशित मिति : साउन १२, २०८० शुक्रबार २०:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया