पाकिस्तानमा बम विष्फोट : मृतकको संख्या ४४ पुग्यो, १ सयभन्दा बढी घाइते

पाकिस्तानमा एक धार्मिक र्‍यालीमा बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।  

अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा कट्टरपन्थी राजनीतिक तथा धार्मिक समूह जमियत उलेमा इस्लाम–फजलका कार्यकर्ताहरूको आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको थियो । 

विष्फोटमा परी हालसम्म ४४ जनाको ज्यान गएको र १ सयभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।  

कार्यवाहक सञ्चारमन्त्री फिरोज शाह जमालले घटनाको पुष्टि गर्नुका साथै बजौर र छिमेकी क्षेत्रका अस्पतालहरूमा उच्च सतर्कता अपनाइएको बताएका छन् ।​

बजौर जिल्लाका अधिकारीहरूका अनुसार विस्फोटको क्रममा जमियत उलेमा इस्लामफजलका नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको छ ।



 

बजौर जिल्लाका स्वास्थ्य अधिकृत पैसल कमालले विस्फोटमा घाइते भएकालाई बजौर जिल्ला सदरमुकामका अस्पतालमा उपचार गरिएको बताएका छन् ।  



विस्फोटको क्रममा घटनास्थलमा रहेका एक स्थानीय पत्रकार पनि घाइते भएका छन् ।  

  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार ६:५९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया