‘प्रदेशसभा नियमावली संशोधन समिति गठन’ प्रस्ताव पारित

कर्णाली प्रदेशसभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली, २०७९’ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ ।   

सभामुख नन्दा गुरुङले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’लाई समयानुकूल संशोधन गर्न आवश्यक भएकाले आइतबारको बैठकमा सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेेकी थिइन् । उक्त समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । 

सदस्य विष्टले तीन महिनाभित्र कार्य सम्पन्न गर्ने गरी कल्याणी खड्का टेकराज पछाई देवेन्द्रबहादुर शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार, विनोदकुमार शाह, सन्तोषी शाही, हिक्मतबहादुर विष्ट सो समितिमा रहने गरी बैठकमा प्रस्ताव प्रस्तुत गरे ।

उक्त प्रस्तावमा प्रदेशसभा सदस्य पछाईले समर्थन गरेसँगै सभामुख गुरुङले उक्त प्रस्ताव सभाबाट सर्वसहमतिले अनुमोदन भएको घोषणा गरे । प्रदेशसभाको अर्को बैठक यही मंगलबार दिउँसो ३ बजे बस्नेछ ।  





  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार ८:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया