logo-img

९ बुँदे मागसहित प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको धर्ना [तस्बिरहरू]
तस्बिर : नेपाल निर्माण व्यवसायी महासंघ

निर्माण व्यवसायीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । सोमबार निर्माण व्यवसायीले सरकारले आयोजनाको म्याद थपको आदेश र भुक्तानीलगायतका विषयलाई लिएर अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर बिहान १० देखि ११ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका हुन् । व्यवसायीले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् । 

आइतबार मात्रै खार्वजनिक खरिद अनुगमन कार्यालयमा घेराउ गरेका थिए । महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका माग सम्बोधन नभएसम्म प्रधानमन्त्री निवास अगाडि आजदेखि निरन्तर धर्ना दिने बताए । उनले लामो समयदेखि निर्माण व्यवसायीलाई परेको समस्या सरकारले गम्भीररूपमा नलिएको कारण आन्दोलन गर्न बाध्य भएको बताए ।  

अध्यक्ष सिंहले करिब ४ खर्ब बराबरका आयोजनाको म्याद थप हुन लागेको भन्दै अधिकांश योजनाहरूमा बजेट व्यवस्थापनसमेत नभएको बताए । उनले सरकारले भुक्तानी गर्न नसक्ने योजना तत्काल खारेज गर्न माग गरे ।  

तस्बिरमा निर्माण व्यवसायीयको धर्ना :

 





  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार ११:४५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया