सुदूरपश्चिम प्रदेश सरकार विस्तार

सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ। सरकार गठन भएको ६ महिनापछि बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गरेका हुन् । 

उनले नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी र नेपाली कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन्। 

नवनियुमक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका छन्। 

२०७९ सालको माघ २७ गते मुख्यमन्त्री शाहले सपथ खाए पनि अहिलेसम्म सरकारले पूर्णता भने पाएको थिएन। नागरिक उन्मुक्ति पार्टीको दुई मन्त्रालय पाउनुपर्ने अडानका कारण प्रदेश सरकारले पूर्णता पाउन सकेको थिएन।  

कैलालीबाट जितेका नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। उनलाई मुख्यमन्त्री शाहले पद तथा गोपनीयताको शपथ खुवाए।

कांग्रेसबाट आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका बझाङका पृथ्बीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय रिक्त थियो।  





  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार १९:३३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया