बाढीले कैलालीको चार पालिका प्रभावित, ५ सय घर डुबानमा

अविरल वर्षासँगै कैलालीका नदीनालामा आएको बाढीले करिब ५ सय घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकाका ५ सय घर डुबानमा परेका हुन् । 

प्रशासनको पछिल्लो तथ्यांकअनुसार कैलारी गाउँपालिका–७ बसन्ता, भइयाफाँटा क्षेत्रका १५० घरधुरी डुबानले प्रभावित भएका छन् । त्यस्तै, जोशीपुर गाउँपालिका–३ का ५६ घर, भजनी नगरपालिका–२ का १५, वडा नं. ३ का ५, वडा नं. ८ को १, वडा नं. ५ को ६५ र वडा न. ७ को १५० घरधुरी बाढीले प्रभावित भएका छन् ।

प्रभावितको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम स्थानीय, प्रहरीबाट भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन २३, २०८० मंगलबार ११:११:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया