logo-img

तीन दलको लेनदेनको विषयले संसद बन्धक बनाइयो : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले तीन दलको लेनदेनको विषयले संसद बन्धक बनाइएको आरोप लगाएका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद वाग्लेले तीन दलले आफ्नो लेनदेनको विषय संसद बाहिर नै समाधान गर्नु पर्ने बताए । 

उनले भने, ‘हामीले यो भद्र सांकेतिक विद्रोह नै गरेका हौँ । जनताको संसदलाई बन्धक बनाइएको छ । यी तीनवटा ठूला दलहरुले के के लेनदेन वार्गेनिङ नमिलेको हो जे जे गर्नु पर्छ अर्को थलो र अर्को समयमा गरेर आउनु । ’ 



उनले तोकेको समय र तोकेको मितिमा संसद चल्नु पर्ने बताए । जनताको मुद्दाहरू यत्रतत्र भएको बेलामा यस्तो कार्य गर्नु उचित नभएको र यसले अर्थतन्त्रमा असर पार्ने पनि सांसद वाग्लेको भनाइ छ । 





  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार १७:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया